डायस्पोरा

दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायले रक्तदानलाई अभियान बनाउदै

लस-एन्जलस । ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाले शुक्रबार लस एन्जलसको आर्टेसियास्थित सिटी हलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष झमक निरौलाकाका अनुसार शुक्रबार आयोजित कार्यक्रममा लस एन्जलसको आर्टेसियास्थित सिटी हलमा २८ जना नेपाली अमेरिकन रक्त दाताहरुले रक्तदान गरेका हुन् ।

ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टरद्वारा आर्टेसियास्थित सिटी हलमा आयोजित रक्दान कार्यक्रम दोस्रो पटकको रक्तदान हो र एबिएसइले रक्दान कार्यक्रमको स्पोन्सर गरेको थियो ।

रक्दातन कार्यक्रम बिडीए सोकल च्याप्टरका सदस्यहरुले पनि रक्दान गर्दै कार्यक्रम सफलताको लागि स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाका अध्यक्ष सम्भु सिवाकोटीले दिएको जानकारी अनुसार लस एन्जलसका नेपाली समुदायलाई नियमित रक्तदानमा अभिप्रेरित गर्ने अभियान नियमित संचालन गरिने छ ।

सेवा परमो धर्मको मुलमन्त्र सहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई जुस र फलफुल वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष झमक निरौला, केन्द्रिय सदस्य शारदा श्रेष्ठको उपश्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपश्थिति रहेको थियो ।

स्वयंसेवकका रुपमा रक्तदान कार्यक्रमको संयोजन गर्नु भएका सुधिर थापा, ज्योती साह, दिनेश साह, लगायतले समुदायको हितमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिने बताएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्