डायस्पोरा

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसै साता बार्सिलोनामा सम्पन्न संघको नवौं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ संघको सल्लाहकार र जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष हुन् ।

स्याङ्जाको आधिखोला घर भई नेदरल्यान्डमा उच्च शिक्षा हासिल गरेका श्रेष्ठले स्पेनमा बसोबास गर्ने नयाँ नेपालीहरूका लागि तालिम, भाषा कक्षा सञ्चालन, भाषा पुस्तक वितरण, खेलकुद कार्यक्रमजस्ता विविध सहयोगी क्रियाकलापहरूमा महत्वपूर्ण भूमिका खेलेका थिए।

अधिवेशन स्पेनका लागि नेपाली राजदूत महामहिम सनिल नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नवगठित कार्य समितिमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा रोशन पाठक, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा
उपाध्यक्षमा जमुना देवी शर्मा र दीपक बस्नेत, महिला उपाध्यक्षमा मालती पन्थ, क्षेत्रीय उपाध्यक्षमा देवराज सापकोट, महासचिवमा नविन घिमिरे, उप–महासचिवमा शुभास बहादुर विष्ट, सचिवमा गणेश राज अधिकारी र प्रवीण लोहार चयन भएका छन् ।

यसै गरि सचिवमा, दिलकुमारी तामाङ, नवराज दुवाडी, कोषाध्यक्षमा नारायण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा सुमन खड्का, महिला संयोजकमा लक्ष्मी घिमिरे शर्मा, युवा संयोजकमा दिपिका श्रेष्ठ र युवा उपसंयोजकमा प्रल्हाद कार्की चयन भएका छन् ।

सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, विष्णु बहादुर सार्की र सम्भर बहादुर गिरी चयन भएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्