डायस्पोरा

नेपाली जनसम्पर्क समिति अमेरिकाको सम्पूर्ण च्याप्टरहरुको अधिवेशन सम्पन्न

न्युयोर्क । नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका ३३ च्याप्टरको अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। नयाँ नेतृत्व चयन गर्दै ३३ च्याप्टरको अधिवेशन शनिबार सम्पन्न भएको हो।

अमेरिकाका सबै राज्यमा चौथो अधिवेशन सम्पन्न भएको जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्टले बताए। कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिवेशन आह्वान भएपछि अमेरिकाका ३३ वटै राज्यमा उत्साहपूर्ण ढंगले सदस्यता वितरण, नवीकरण र अधिवेशन सम्पन्न भएको विष्टले बताए।

कांग्रेसले आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेसँगै प्रवासमा रहेका क्रियाशील सदस्य आवद्ध भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५ भित्र सम्पन्न गर्न निर्देशन दिएको छ। सोही बमोजिम नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरी च्याप्टरहरूको अधिवेशन शनिबार सम्पन्न गरेको हो।

अमेरिकाका ३० वटा राज्यमा एकै साथ सम्पन्न भएको च्याप्टर अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको विष्टको भनाइ छ। वर्तमान अवस्थामा सहमति, सहकार्य र एकतालाई प्राथमिकताका साथ जोड दिएर अघि बढ्नु पर्ने सन्देश च्याप्टर अधिवेशनबाट दिन खोजिएको उनले बताए।

उनले च्याप्टरहरूको अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै केन्द्रीय अधिवेशन पनि निर्धारित समयभित्रै हुने विश्वास व्यक्त गरे। उनले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले पनि सहकार्य, सहमति र एकतालाई मूल मन्त्र बनाएर महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए। आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका सबै च्याप्टरका कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले कार्यकाल सफलताको शुभकामना दिएका छन्।

यस्तै जनसम्पर्क समिति अमेरिकाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख गौतम दाहालले जनसम्पर्क समितका पूराना ३० च्याप्टरलाई निरन्तरता दिँदै थप तीन राज्य नेभाडा, नेब्रास्का र कान्सास सिटीमा च्याप्टरको नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिए। सिमित समय सिमा र असहज परिस्थितिका बाबजुद पनि च्याप्टरको अधिवेशनका दौरानमा देखिएको उत्साहले सबैलाई ऊर्जा थपेको उनको भनाइ छ।

कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्का र नेपाली जनसम्पर्क समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले च्याप्टर अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्