खेलकुद

एनपिएलबाट क्यानलाई ४७ करोड ३६ लाख आम्दानी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ ।

क्यानको सोमबार बसेको कार्यसमिति बैठकले एनपिएलको आम्दानी र खर्चको हिसाव पारित गरेको हो । वैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सील)ले हिसाब पेश गरेको थियो ।

क्यानका अनुसार प्रतियोगितामा २१ करोड ९६ लाख पाँच हजार एक सय २१ रुपियाँ खर्च भएको छ । विभिन्न फ्रेन्चाइज टिमहरुलाई रकम प्रदान गरेपछि क्यानलाई नौ करोड २१ लाख २१ हजार ९३५ रुपियाँ बचत भएको पनि उल्लेख छ ।

क्यान कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गर्नुका साथै विभिन्न निर्णय पनि गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्