खेलकुद

अभ्यास खेलमा नेपाल ‘ए’ को दोस्रो जित 

काठमाडौँ ।  नेपाल ‘ए’ ले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल ‘ए’ सँग ३ विकेटले पराजित भयो । पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ले बिहीबार स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो । नेपाल ‘ए’ को यो लगातार दोस्रो जित हो ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल ‘ए’ का लागि मयन यादवले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । कुशल मल्ल ३३, कप्तान अनिलकुमार साह २७, सन्दीप जोरा ३६, बसिर अहमद १८ तथा तृतराज दास २३ रनमा आउट हुँदा पवन सरार्फ २४ रनमा अविजित रहे ।

अमेरिकाका लागि मिलिन्द कुमारले २ तथा नोस्तुष केन्जिके, रुशिल उगारकर, सञ्जय कुष्णमुर्थी, सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ११६ रनको शतकीय इनिङ खेलेका थिए । पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम योगफलमा समेटिएको थियो ।

नेपाल ‘ए’ का लागि पवन सरार्फले २ तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, साहब आलम र विपिन खत्रीले समान १ विकेट आफ्नो नाममा गरे । तेस्रो अभ्यास खेलमा शनिबार नेपाल ‘ए’ ले स्कटल्याण्डको सामना गर्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्