एक्सक्लुसीभ

भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणलाई अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भन्नुभयो, ‘अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति– २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।’

त्यसैगरी सरकारले इलाम जिल्लालाई एक महिनाको अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.