इमिग्रेशन अपडेट

दक्षिणी क्यालिफोर्नियाभरि होम डिपो बन्यो कागजापत्र बिहिन मजदुर पक्रने केन्द्र

लस-एन्जलस । दक्षिणी क्यालिफोर्नियाका होम डिपोहरू आइस र संघीय एजेन्टहरूले कागज पत्र बिहिन मजदुरहरूलाई धर-पकड र पक्राउ गर्ने केन्द्रमा परिणत भएको छ ।

शुक्रबार लस एन्जलस क्षेत्रमा कम्तिमा दुई होम डिपो पार्किङ स्थलहरूलाई लक्षित गरि आइस र संघीय एजेन्टहरूले कागज पत्र बिहिन मजदुरहरूलाई धर-पकड र पक्राउ गरेका थिए ।

स्थानियले वारेन्टको माग गरेपनि उत्तरी हलिउड र अल्हाम्ब्रामा मजदुरहरूलाई हिरासतमा राखिएको थियो।

एक दिनको ज्याला कमाउने आशामा हरेक बिहान दक्षिणी क्यालिफोर्नियाका होम डिपोहरूको पार्किङ स्थलहरूमा ग्राहक कुरिरहेका कागज पत्र बिहिन मजदुरहरू कतिबेला धर पकड र पक्राउ पर्ने हुन् टुंगो हुदैन ।

आइस र संघीय एजेन्टहरू होम डिपो वरिपरि कागज पत्र बिहिन मजदुरहरूलाई पक्रने मौकाको खोजीमा कतै लुकेर प्रतिक्षा गरिरहेका हुन्छन ।

कागज पत्र बिहिन मजदुरहरूलाई पर्याप्त सूचना छ, होम डिपो वरिपरि आइस र संघीय एजेन्टहरू उनीहरुलाई पक्रिने मौकाको खोजीमा छन् तर परिवारको लालन पालन, घर भाडा र तिर्नु पर्ने बिलको चिन्ताले धर-पकड र पक्राउको चुनौती सहेर होम डिपोको पार्किङ स्थलहरूमा ग्राहक कुर्नु उनीहरुको नियति बनेको छ ।

एक कागज पत्र बिहिन मजदुर भन्छन, ‘ घरमै बस्न सकिन्न। बाल बच्चा, बिलहरू, भाडा, खानाको लागि पैसाको जोहो गर्न कामको खोजीमा निस्कनै पर्यो ।’

शुक्रबारको आइस र संघीय एजेन्टहरूले चलाएको होम डिपो अपरेशनमा ग्वाटेमालाका मजदुर रोबर्टो कार्लोस मोन्टोया भाल्डेजको मोनरोभियाको होम डिपोर्ट पार्किङमा एजेन्टहरूबाट भागेर मृत्यु भएको थियो। उनी नजिकैको फ्रीवेमा भागे र कारले ठक्कर दिएर मृत्यु बरण गरे ।

तर होमल्याण्ड सेक्युरिटी विभागले भने मोन्टोयाको मृत्यु हुँदा संघीय एजेन्टहरूले उनलाई पछ्याइरहेका थिएनन् भन्दै घटनामा आफ्नो संलग्नताबाट पन्छिएको छ ।

होम डिपोले पनि उनको मृत्युको बारेमा टिप्पणी गर्न वा उसको डिपोबाट कति गिरफ्तारीहरू भएका छन् भनेर भन्न अस्वीकार गरेको छ ।

होम डिपोले भनेकोछ, ‘हामीलाई आइस गतिविधिहरू हुनेवाला छन् भनेर जानकारी दिईएको छैन । हाम्रो सबै डिपोमा सबै संघीय र स्थानीय नियम र नियमहरू पालना गर्न आवश्यक छ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.