अर्थ

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ विन्दुमा कायम भएको हो।

बुधबार ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो। आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ४७, विकास बैँक शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७५४ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फन्डको १८ लाख २७ हजार ६८० कित्ता शेयर किनबेच भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.