साहित्य

साहित्यकार जयदेव भट्टराई अमेरिकामा सम्मानित

नर्थ क्यारोलाइना । अमेरिका भ्रमणमा रहेका साहित्यिक पत्रकार एवं साहित्यिक अन्वेषक जयदेव भट्टराई यहाँ सम्मानित हुनुभएको छ । उहाँ मधुपर्क मासिकका पूर्वसम्पादक हुनुहुन्छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एव नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले बुधबार साँझ यहाँ आयोजना भएको कार्यक्रममा भट्टराईलाई सम्मान गरिएको हो । त्यस अवसरमा भट्टराईकी श्रीमती दीपा भट्टराईलाई पनि सम्मान गरिएको अमेरिकामा रहेका गोरखापत्रका पूर्वपत्रकार कृष्णराज खनालले जानकारी दिनुभयो ।

पत्रकार खनालका अनुसार समाजकी अध्यक्ष गीता बस्नेत, नेपलिज कम्युनिटी फर नर्थ क्यारोलाइनाका अध्यक्ष ददिन पाण्डे र सावित्री खनालले भट्टराई दम्पतीलाई सम्मान गर्नुभएको थियो । गोरखापत्र संस्थानमा झन्डै ३० वर्ष सेवा गरेर गत वर्ष मात्र अवकाश लिएका भट्टराईले अवकाशपछि हाल साहित्यिक पत्रिका आरब्ध द्वैमासिक प्रकाशन गरिरहनुभएको छ । उहाँका हालसम्म १६ वटा कृति प्रकाशित छन् ।

संस्थाका महासचिव डा. शरदपराशर मरहट्ठाले संस्थाले वर्षभरि चार-पाँच वटा कार्यक्रम गर्दै आएको स्मरण गर्दै साहित्यकार भट्राईलाई स्वागत गर्न पाउनु सबैका लागि खुसीको कुरा हो भन्नुभयो ।

साहित्यकार भट्टराईले सम्मानपछि आफ्नो साहित्यिक यात्राबारे जानकारी दिँदै घर घरमा गएर साहित्यिक व्यक्तित्वलाई भेटेको र कतिपय लुकेका प्रतिभालाई उजागर गर्न पाएकोमा आफूलाई सन्तोष मिलेको बताउनुभयो । उहाँले साहित्यिक व्यक्तित्वलाई भेट्ने क्रममा भएका स्मरणीय घटनाबारे पनि जानकारी दिनुभएको थियो ।

संस्थाकी सभापति गीता बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिका, संस्थाका सल्लाहकार ईश्वर देवकोटा, साहित्यकार डा. ऋषि बस्ताकोटी, शिव पलाँस, डा. चन्द्र गिरी, कल्पना घिमिरे, कृष्णराज खनाल आदिले भट्टराईसँग साहित्यिक अन्तव्रिर्mया गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्