राजनीति
कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि गरिने
काठमाडौँ। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै गरिने भएको छ ।
कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाका अनुसार राष्ट्रिय सभागृहमा आजै रातिदेखि मतगणना गरिने तयारी छ ।
अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने कटुवालले बताउनुभयो ।
कांग्रेसको १५ औँ महाधिवेशनपछि नयाँ नेतृत्वका लागि सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा हुनुहुन्छ ।