मनोरंजन

बलिउड अभिनेता नाना पाटेकरको निधन

पुने । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो ।

अस्पताल पुर्याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उहाँलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताउनुभयो । उहाँका अनुसार पाटेकरले बिहान करिब २:३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाउनुभएको थियो । रातको समय भएकाले साथीले तत्काल सन्देश देख्नुभएन ।

त्यसपछि उहाँले पाटेकरलाई फोन गर्नुभयो र बिहान करिब ४ बजे उहाँको निवासमा पुग्नुभयो । त्यति बेला पाटेकरलाई अत्यधिक पसिना आएको र उहाँ बिस्तारै बेहोस हुँदै जानुभएको थियो । अस्पतालको आपतकालीन टोलीले निवासमै पुगेर उहाँलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४:२० देखि ४:३० बजेको बीचमा अस्पताल ल्याइएको थियो ।

“उहाँ पूर्णरूपमा अनुत्तरदायी अवस्थामा हुनुहुन्थ्यो । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास ग¥यौँ, तर उहाँलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भन्नुभयो । पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बताउनुभयो । उहाँका परिवारका सदस्य त्यति बेला उपस्थित नभए पनि साथी र हेरचाह कर्ता भने साथमा रहेको जनाइएको छ ।

पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गर्नुभएको थियो । पछिल्ला वर्षमा पनि उहाँ चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो र ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्