राजनीति

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार विशेष कारणवश आजको बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘मिति २०८३ भदौ ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्