राजनीति

नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ: प्रधानमन्त्री बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सबैलाई धैर्य गर्न आग्रह गर्दै सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।

प्रधानमन्त्री शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा भने, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्