खेलकुद

नेपालले डिसेम्बर ९ देखि ‘इन्डिया ए’ सँगको टी-२० शृङ्खला आयोजना गर्ने

काठमाडौँ । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘इन्डिया ए’ पुरुष क्रिकेट टोलीसँग तीन खेलको टी-२० शृङ्खला खेल्ने भएको छ। यो शृङ्खला अन्तर्गतका खेलहरू डिसेम्बर ९, ११ र १३ मा सञ्चालन हुनेछन्।

स्कटल्याण्डमा आयोजित आईसीसी सम्मेलनका क्रममा क्यान नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित साइकियाबीच भएको बैठकपछि यो शृङ्खलाको टुङ्गो लागेको हो।

* डिसेम्बर ९ – पहिलो टी-२०

* डिसेम्बर ११ – दोस्रो टी-२०

* डिसेम्बर १३ – तेस्रो टी-२०

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्