नेपाल

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास

काठमाडौँ । एक युवकले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ती युवकलाई उपचारको लागि वीर अस्पताल लगिएको छ।

एसपी भट्टराईका अनुसार उनले शरीरमा आगो लगाउनु अघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्वीललक गरेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्