खेलकुद

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा

गोरखा ।  सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुग्नुभएको छ । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उहाँ बुधबार सगरमाथा शिखरमा पुग्न सफल हुनुभएको हो । 

श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराउनुभएको थियो । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेक्नुभएको थियो ।

श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गर्नुभएको थियो । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.