राजनीति

बागमती प्रदेश : मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

मकवानपुर । हेटौँडामा आज बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको संरचनामा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार यो कदम प्रशासनिक खर्च कटौती र कार्यसम्पादनलाई प्रभावकारी बनाउन केन्द्रित रहेको छ। प्रदेशको संरचना सुदृढ र मितव्ययी बनाउने उद्देश्यसहित गठित उच्चस्तरीय अध्ययन समितिले पनि मन्त्रालय संख्या घटाउन सिफारिस गरेको थियो।

यससँगै मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको संख्या पनि घटाइने बताइएको छ। पुनर्गठनले प्रशासनिक दोहोरोपना हटाउँदै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने प्रदेश सरकारले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.