साहित्य

इलाममा अन्तर्राष्ट्रिय साहित्य महोत्सवको हुने

इलाम । इलाममा आगामी बैशाखमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना गरिने भएको छ ।‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो महोत्सव पाँचौ संस्करण हो ।

इलाम नगरपालिकास्थित नगर साहित्य तथा कला प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा भारतका सिक्किम, दार्जिलिङ र पटना लगायत क्षेत्रबाट साहित्यकार सहभागी हुने निश्चित भएको नगर साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो ।

“अघिल्ला महोत्सवबाट हामीले इलाममा पठन संस्कृतिको विकास भएको पाएका छौँ । सुनसान रहने यहाँका पुस्तकालयमा अचेल पाठक निकै देखिन्छन् । नयाँ पुस्तामा साहित्य लेखनको अभ्यास भएको पाइएको छ ।”थाम्सुहाङले भन्नुभयो “त्यसबाहेक यहाँको भाषा साहित्य बुझ्न र अध्ययन गर्न भारतीय नागरिक इलाम आउने गरेका छन् ।”

विसं २००९ सालमा इलामको करफोकामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि बालकृष्ण सम, लेखनाथ पौड्याल, धरणीधर कोइरालालगायतका साहित्यकाहरु समिलित सम्मेलन कै दिनबाट अहिले सम्मका साहित्य सम्मेलन र इलाम साहित्य महोत्सव हुँदै आएको अध्यक्ष थाम्सुहाङको भनाइ छ ।

यसपटकको महोत्सवमा साहित्यकार बैरागी काइँलालाई इलाममा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको पनि जनाइएको छ ।

यस्तै हाङयुुग जुुनिता फाउण्डेसनद्वारा स्थापित ५० हजार नगद राशीको पुरस्कार वितरण, राधिका नेम्वाङ देवान स्मृति पुरस्कार र अन्य विभिन्न पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष थाम्सुहाङले  बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.