एक्सक्लुसीभ

राष्ट्रियसभा निर्वाचनका लागि:काँग्रेसका उम्मेदवार भारतीय जासुस सुनिल थापा पहिलो नम्बरमा

काठमाडौँ। नेपाली काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो

जसअनुसार कोशी प्रदेशबाट नेपालमा बसेर भारतीय जासुसी संयन्त्रमा कार्यरत सुनिल बहादुर थापा,मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ। जसअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट पाएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन सुरु हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने जनाएको छ। यसअघिका प्रक्रियाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन भएको थियो भने अन्तिम मतदाता नामावली मङ्गलवार सार्वजनिक गरिएको छ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गरिनेछ। मनोनयनको विरोध पुस २४ गते दिन सकिनेछ भने इच्छुक उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.