मनोरंजन

१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न। अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । 

यो प्रतिबन्ध बुधबारदेखि लागु भएको हो । उमेर समूह अनुसार समर्थन फरक देखियो । १८-२४ वर्षका युवामा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बिच ८० प्रतिशत र ६५ वर्ष माथिका समूहमा ८७ प्रतिशत पुगेको छ ।

मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार,“यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेट फर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोग कर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपले युवा प्रयोग कर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिकरूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् ।

समर्थकले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पुर्‍याउने आरोप लगाएका छन् । यो कदमले दुई पक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देश पनि समान कानुन विचार गरिरहेका छन् ।

तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोग कर्ता केन्द्रित फोरममा प्रतिबन्ध लागु नहुने तर्क गरेको छ । गत महिना, दुई जना १५ वर्षीय अस्ट्रेलियाली किशोरले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए । नयाँ कानुन अनुसार प्रभावित प्लेट फर्मले १६ वर्ष मुनिका प्रयोग कर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नु पर्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.