एक्सक्लुसीभ

माइतीघरबाट सुरू भयो जेनजीको विरोध प्रदर्शन

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेकोमा असतुष्ट जेनजी पुस्ताको विरोध प्रदर्शन सुरू भएको छ।

सोमबार माइतीघरमा जम्मा भएका जेनजीले राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्तिका गीत गाउदै बिरोध प्रदर्शन गरेका हुन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन् ।

उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन्। प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने भनिएको छ।

काठमाडौं बाहेक पोखरा, बुटवल, जनकपुर लगायतका देशका विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ।

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् ।

उनीहरूको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्