नेपाल

कपुरकोटमा गएको पहिरोले दाङ–सल्यान सडक ठप्प

सल्यान ।  सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो ।

दाङ–सल्यान सिमानामा रहेको पहिरो प्रभावित क्षेत्र बिहानैदेखि बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ ।

“पानी झनझन परिरहेको छ, सडक सफा गर्न कठिनाइ भइरहेको छ,’’ प्रमुख भट्टराईले भन्नुभयो, ‘‘पहिरोको जोखिम अझै कायमै रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’’

यस सडकखण्ड हुँदै सल्यान, रुकुम, रोल्पालगायत जिल्लाहरू आवतजावत गरिँदै आएको छ । सडक खुल्ने समयबारे निश्चित जानकारी नआएको प्रहरीले जनाएको छ ।

विगत तीन वर्षदेखि राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड सडक चौडा बनाउने  काम भइरहेको छ । सडक स्तरोन्नतिको क्रममा नयाँ कटिङ गरेकाले यहाँ वर्षायाममा सडकमा माथिबाट पहिरो खस्दा यात्रुहरुले सास्ती ब्यहोर्दै आएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्