नेपाल
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ ।
आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारु गरिए पनि पुनः सोही स्थानमा आज अपराह्न पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ” उहाँले भन्नुभयो, “केही बेरमा एकतर्फी यातायात सञ्चालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।” सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।”