नेपाल

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो ।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ । प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्