नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन आगामी नोभेम्बर १५ तारिख
न्युयोर्क। नेपाली जनसम्पर्क समिति, अमेरिकाको तेस्रो अधिवेशन नेपाली कांग्रेसको नियमित महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाको उपस्थितिमा आगामी नोभेम्बर १५ आयोजना हुने भएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक प्रमोद सिटौलाका अनुसार नियमित अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले सूरज नायक — प्रमुख निर्वाचन आयुक्त रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
निर्वाचन समितिको अन्य सदस्यमा विनोद श्रेष्ठ र सचिता रायमाझी बस्नेत निर्वाचन आयुक्त नियुक्त गरिएको छ।
आगामी नोभेम्बर १५ तारिख आयोजना हुने नेपाली जनसम्पर्क समिति अमेरिकाको नियमित अधिवेशनले समितिको नयाँ नेतृत्व चयन गर्नुको साथै महासमिति सदस्य र महाअधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ।
संयोजक प्रमोद सिटौलाले आसन्न अधिवेशनलाई सफल, मर्यादित र ऐतिहासिक बनाउन अमेरिकामा रहेका नेपाली काँग्रेसका सदस्य, शुभेच्छुक र नेपाली जनसम्पर्क समिति अमेरिका सम्पूर्ण सदस्यहरुलाई सुझाव, सल्लाह, सहयोग तथा सक्रिय सहभागिताको आव्ह्वान गरेका छन्।