अभिभावकद्वारा अन्तर्राष्ट्रिय सीमापारि अपहरणका घटनाहरूमा संलग्न निकटतमलाई भिसा रोक
विदेश मन्त्रालयले आज नयाँ नीति घोषणा गर्दै अन्तर्राष्ट्रिय स्तरमा अभिभावकद्वारा गरिने बाल अपहरणका घटनाहरूको शीघ्र समाधानमा बाधा पुर्याउने कार्यमा जिम्मेवार वा संलग्न व्यक्तिहरू तथा उनीहरूका निकटतम परिवारका सदस्यहरूलाई भिसा जारी गर्नमा रोक लगाउने बताएको छ ।
वाशिंगटन । अन्तर्राष्ट्रिय सीमापारि अपहरणमा परेका अमेरिकी बालबालिकाहरूको सुरक्षा र उनीहरूलाई आफ्ना अभिभावकसँग पुनर्मिलन गराउने कार्यलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको बताएको छ ।
ट्रम्प प्रशासनले विदेशी सरकारी अधिकारीहरू, न्यायाधीशहरू, न्यायिक प्रशासकहरू, कानुन कार्यान्वयन गर्ने अधिकारीहरू र अन्य व्यक्तिहरूले यस्ता घटनाहरूको शीघ्र समाधानमा जानाजानी अवरोध पुर्याएको आरोप लगाउदै बालबालिकाहरूको संयुक्त राज्य अमेरिका फिर्तीमा बाधा पुर्याएको बताएको छ ।
विदेश मन्त्रालयले आज नयाँ नीति घोषणा गर्दै अन्तर्राष्ट्रिय स्तरमा अभिभावकद्वारा गरिने बाल अपहरणका घटनाहरूको शीघ्र समाधानमा बाधा पुर्याउने कार्यमा जिम्मेवार वा संलग्न व्यक्तिहरू तथा उनीहरूका निकटतम परिवारका सदस्यहरूलाई भिसा जारी गर्नमा रोक लगाउने बताएको छ ।
विदेश मन्त्रालयले आज घोषणा गरेको नयाँ नीतिले सम्बन्धित देशहरूलाई आफ्ना दायित्वहरू पूरा गर्न दबाब दिनका लागि विदेश मन्त्रालय लाई जवाफदेहिता सुनिश्चित गर्ने एउटा नयाँ संयन्त्र प्रदान गर्ने ट्रम्प प्रशासनको दावी छ।
आज घोषणा गरेको नयाँ नीतिमा ती व्यक्तिहरू पनि समावेश छन् जसले यस्ता घटनाहरूको समाधान गर्न र बालबालिकाहरूलाई उनीहरूको सामान्य बसोबासको देशमा फर्काउन आवश्यक कानुन, नीति वा अदालतका आदेशहरूको कार्यान्वयन वा पालना गर्न जानाजानी असफल हुनेछन।
विदेश मन्त्रालयले अपहरणका घटनाहरू रोक्न तथा अपहरणमा परेका बालबालिकाहरूलाई उनीहरूको सामान्य बसोबासको देशमा छिटो र सुरक्षित रूपमा फर्काउने कार्यलाई सहजीकरण गर्न सक्रियतापूर्वक काम गरेको बताएको छ ।
विदेश मन्त्रालयले विज्ञाप्तिमा अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका आफ्ना दायित्वहरू पूरा गर्न देशहरू असफल हुँदा जवाफदेहिता प्रवर्द्धन गर्नका लागि यस नीतिले अमेरिकी कानुनअन्तर्गत अर्को एउटा संयन्त्र थप्ने बताएको छ।
यी कदमहरू ‘इमिग्रेसन एण्ड नेसनालिटी एक्ट’को दफा २१२(a)(3)(C) बमोजिम चालिएको दावी गरेको छ ।