राजनीति
साइबर अपराधमा पक्राउ परेका दुर्गा प्रसाई तीन दिन हिरासतमा
काठमाडौँ । साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिनुभयो ।
साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो भक्तपुरस्थित निवासबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।