मनोरंजन
रोनन सुब्बा र समिक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक
काठमाडौं । गायक रोनन सुब्बा र गायिका समिक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत ‘कहिले होला’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोनन सुब्बाकै शब्द ,संगीत रहेको गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई रोनन सुब्बाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
नायक आकाश श्रेष्ठ ,नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ।
लोकप्रिय निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा रोशन बिकको कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन ,विकाश धमलाको सम्पादन रहेको छ । भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।