खेलकुद

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा न्युटन र गण्डकी सेमिफाइनलमा

काठमाडौं । न्युटन र गण्डकी जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता अन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

न्युटनले युरो स्कुल, हात्तीगौडालाई ४३–४० ले पराजित गर्यो । न्युटनका युनिक कार्कीले २१ अंक जोडे । गण्डकीले एचएचसीएलाई ४३–२७ ले हरायो । गण्डकीका विरेन श्रेष्ठले १२ स्कोर गरे ।

ब्वाइजमै विल्सन एकेडेमी र मातृभूमिले पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । विल्सनले डिफेन्डिङ च्याम्पियन हेम्सलाई ४७–३२ ले पाखा लगायो । विल्सनका लागि रेहान डंगोलले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक बटुले ।

मातृभूमिले एआईएमाथि ५४–३० को सहज जित दर्ता ग¥यो । मातृभूमिका सक्षम महर्जनले २० अंक जोडे । सेमिफाइनलमा मातृभूमिको भेट विल्सनसंग हुनेछ भने गण्डकीले न्युटनको सामना गर्ने छ ।

जोन डेवीको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स बास्केटबलमा भ्याली पब्लिक, साविक विजेता बौद्ध चिल्ड्रेन हेभेन स्कुल, निम्स र मातृभूमिले सेमिफाइनलमा स्थान पक्का गरे ।

भ्याली पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई ३३–१९ ले पन्छायो । भ्याली पब्लिककी दृष्य गुरुङले ८ स्कोर गरिन् । बौद्धले न्युटनलाई ४५–२८ ले पराजित ग¥यो । बौद्धकी गयुल शेर्पाले २० अंक जोडिन् । निम्सले सत्य साइको यात्रामा २१–६ ले पूर्णविराम लगायो ।

निम्सकी कतिना तामाङले ८ अंक बटुलिन् । मातृभूमिले टीआईएको चुनौती ३२–१८ ले समाप्त पा¥यो । मातृभूमिकी समाइराह श्रेष्ठले १३ स्कोर गरिन् । सेमिफाइनल निम्स र बौद्ध तथा मातृभूमि र भ्याली पब्लिकबीच हुनेछ ।

प्रतियोगिताअन्तर्गत फुटसलमा फाइनल समीकरण पूरा भइसकेको छ । यु–१२ ब्वाइजमा जोन डेवी र राई स्कुल, यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र ग्यालेक्सी पब्लिक स्कुल तथा गल्र्समा जोन डेवी र ग्यालेक्सीले उपाधि भिडन्त पक्का गरिसकेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्