नेपाल

जुफालमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ यात्रु सकुशल

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पांग्रामा सामान्य समस्या देखिए पनि जहाजमा सवार सबै यात्रु सकुशल छन्। जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उहाँले जानकारी दिनुभयाे।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको उहाँले बताउनुभयाे।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्