मनोरंजन

मिसेस वर्ल्ड नेपाल कात्तिक १४ गते, २२ महिला सहभागी

काठमाडौँ । अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपाली प्रतिनिधि धान्ने उद्देश्यले आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ आगामी कात्तिक १४ मा छानिने भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले प्रतियोगिताको २२ प्रतियोगी सार्वजनिक गर्दै फाइन मिति पनि जानकारी दिएको हो ।

छानिएका २२ प्रतियोगीमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दीप्ति ढुङ्गेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अन्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन लगायत रहेका छन् । जो विभिन्न प्रशिक्षण सहित ग्रान्ड फिनालेमा उत्रिनेछन् ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस पटकको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्य सेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापक सम्म महिला स्पर्धामा छन् । उनीहरूलाई ब्याच तथा स्यास वितरण गरिसकिएको छ ।

विवाहित महिलाबिच प्रतिस्पर्धा हुने यो प्रतियोगिताका विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’ को अलावा विभिन्न गिफ्ट उपहारका रूपमा प्राप्त गर्नेछिन् । अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘मिसेस एमएस इन्टरनेश्नल’ र ‘मिसेस कोस्मो’ को विजेता समेत चयन गरिनेछ । जसले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक झाले बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्