राजनीति

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज तयार गर्न समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माणका लागि समिति गठन गरेको छ ।

रास्वपाले आज ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माणका लागि पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

रास्वपाको गत भदौ ५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो । समितिमा सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कडरिया र प्रमोद न्यौपाने हुनुहुन्छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्