मनोरंजन

हिमाली जिल्ला हुम्लामा देउडा महोत्सव सुरु

हुम्ला । हिमाली जिल्ला हुम्लामा साउने पूर्णिमाका अवसरमा देउडा महोत्सव सुरु गरिएको छ । देउडा क्षेत्रका जिल्लाबाहिर र भित्रका कलाकारको सहभागितामा यो महोत्सव सुरु भएको हो ।

पुरानो संस्कृतिलाई जोगाउन र नयाँ पुस्तालाई यो कला हस्तान्तरण गर्न देउडा महोत्सव आयोजना गरिएको संस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । यो महोत्सवले आफ्नो पहिचान बचाउने र परम्परालाई जोगाई राख्न सहयोग गर्ने उहाँको विश्वास छ । सो महोत्सवमा बाजुराकी चर्चित देउडा गायिका विपना भण्डारी, जुम्लाकी सपना भण्डारी र कालीकोटका शङ्कर मल्लको सहभागिता रहेको छ ।

विशेष गरी स्थानीय महिला देउडा गायिका आफ्नो परम्परागत वेशभूषामा सजिएर सहभागी हुनुभएको छ । ८५ वर्षका ज्येष्ठ नागरिकले पनि देउडा गाउनुभएको छ । सो महोत्सवमा सोमबार बिहानैबाट सिमकोटस्थित खेल मैदानमा ठुलो सङ्ख्यामा देउडाप्रेमीको उपस्थिति रहेको थियो । यो महोत्सव दुई दिन चल्ने छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्