खेलकुद

रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं। डि टु इभेन्ट्सको आयोजनामा रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । प्रत्येक समूहको विजेता टोली सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट स्पोटर््स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।

पत्रकार सम्मेलनका अवसरमा ट्रफी पनि सार्वजनिक गरिएको थियो । एन्जल्स हार्ट स्पोटर््स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र पावर्ड बाइ लेकाली जाभाका अध्यक्ष केनिश श्रेष्ठले ट्रफी सार्वजनिक गरे ।

तीनदिने प्रतियोगिताका खेलहरु चुनीखेलस्थित रोयल स्पोर्ट्स पार्कमा खेलाइने छ । आयोजकका अनुसार प्रतियोगताका सञ्चालन गर्न करिब १४ लाख रुपैयाँ खर्च हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्