खेलकुद

पहिलो अभ्यास खेलमा नेपालद्वारा कर्नाटक पराजित

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई पराजित गरेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा कर्नाटकलाई ११६ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली २८ ओभरमा ७२ रनमै अलआउट भयो ।

कर्नाटकका शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १८८ रन बनाएको थियो ।

नेपालका आसिफ शेखले सर्वाधिक ४९ तथा इशान पाण्डेले ३४, देव खनालले २७ र सन्दीप जोराले २७ रन बनाए । नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा पनि नेपालले तीन दिन अभ्यास गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ । त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्