नेपाल

तीन दिन भारी वर्षा हुने प्रक्षेपण, सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातीबाट भोली र पर्सी सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सर्तक रहन आग्रह गरेको छ । 

प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा  भारी वर्षा हुने स्थानमा सर्तक रहन सूचना जारी गरेको र ६०० जना भन्दा बढीलाई खोज उदरका लागि तयारी अवस्थामा राखिएको जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाडी भागमा बढी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो ।

यस वर्ष मनसुन भित्रिएको दुई महिनाको अवधिमा देशभर बाढी, पहिरो, डुबानजस्ता एक हजार तीन सय ७२ वटा मनसुनजन्य घटना भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा जाजरकोट, रोल्पा, बाजुरा लगायतका स्थानमा भएका मनसुनजन्य घटनामा ६० जनाको ज्यान गएको र ८ जना अझै बेपत्ता अवस्थामा रहेका प्राधिकरणले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्