खेलकुद

एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल बहराइनसँग

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ । एसीसीले यसअघि सार्वजनिक गरेको तालिकामा केही फेरबदल गरेको हो ।

एसिया कपको छनोटको रुपमा रहेको यस प्रतियोगितामा प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।

अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ । नेपालले अगस्ट ३१ तारिख बहराइनसँग पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसिया, तेस्रो खेल सेप्टरम्बर ६ मा साउदी अरेबिया र चौथो खेल सेप्टेम्बर ८ तारिख हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस अघि प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउने भनिएपनि एसीसीले अब शीर्ष टोलीले मात्र एसिया कप खेल्न पाउने जनाएको छ ।

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामी हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्