डायस्पोरा

गैर आवासीय नेपाली लक्षित नेपाल डेभलपमेन्ट फन्डको कानुनी संशोधन स्वीकृत

काठमाडौँ । गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउने उद्देश्यले अघि बढाइएको नेपाल डेभलपमेन्ट फन्डका लागि आवश्यक कानुनी संशोधन स्वीकृत भएको छ।

यससँगै विश्वभर रहेका गैरआवासीय नेपालीले विदेशमै बसेर नेपाल डेभलपमेन्ट फन्डको सेयर खरिद गर्न सक्ने बाटो खुलेको सङ्घका पूर्वअध्यक्ष कुमार पन्तले जानकारी दिए।

विगत सात वर्षदेखि निरन्तर हुँदै आएको प्रयासपछि आवश्यक कानुनी संशोधन स्वीकृत भएको उनले बताए। फन्डको सेयर प्रत्यक्ष रूपमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा जाने व्यवस्था हुने जनाइएको छ ।

कानुनी संशोधन स्वीकृत भएसँगै विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल डेभलपमेन्ट फन्डमा लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट गैरआवासीय नेपालीको पूँजी नेपालमा भित्र्याउनुका साथै नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्