नेपाल

तनहुँमा भएको माइक्रो बस दुर्घटना, आठजना घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेमा बिहीबार दिउँसो ४ः२५ बजे माइक्रो बस (हाइस) दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा जाँदै गरेको ग १ ख ०१७१ नम्बरको हाइस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घट्नास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

घिमिरेका अनुसार १२ जना सवार रहेको हाइसमा चारजना सकुशल रहेका छन् । आठ जना घाइते भएका छन् । घाइतेमध्ये बाँकेको खजुरा गाउँपालिका –२ का ३२ वर्षीय रमेश क्षेत्री, काठमाडौँको नागार्जुन नगरपालिका –१ की ५६ वर्षीया शशिकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका –११ का ५५ वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका –१ की ३५ वर्षीया तारा सुब्बा, दैलेखको दुङ्गेश्वर गाउँपालिका –२ का २७ वर्षीय नवीन खड्का र सप्तरीको खडक नगरपालिका –४ अमाहाका १७ वर्षीय उज्ज्वल यादवको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

यस्तै, बझाङको जयपृथ्वी नगरपालिका –२ बाजगाउँका २९ वर्षीय माधवप्रसाद जोशी र बझाङकै बित्थडचिर गाउँपालिका –८ सुनपुणाका २४ वर्षीय जीवन जोशीको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएर घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्