सरकार प्रति बढ्दो असन्तुष्टिलाई लिएर प्रधानमन्त्री शाह र सभापति लामिछाने भेट
शाह नेतृत्वको सरकारले १०० दिन पुरा नगर्दै सडकमा तीव्र असन्तोष देखिएको थियो। खासगरी सुकुम्बासी समस्या समाधानमा प्रधानमन्त्री शाह चुकेको र गणेश नेपाली प्रकरणमा पनि सरकारको अनुपस्थिति खट्किएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।
काठमाडौँ । आत्मदाह प्राक्रण र सुकुम्बासी समस्याले आलोचित र दबाबमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार बिहान बुढानिलकण्ठ पुगेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच विकसित घटनाक्रमका विषयमा ४ घण्टाभन्दा बढी छलफल भएको छ ।
बूढानीलकण्ठस्थित लामिछाने निवासमा प्रधानमन्त्री शाह सवा ११ बजे पुगेका थिए भने सवा ३ बजेमात्रै उनी बाहिरिएका थिए।
उनीहरूबीच आत्मदाह, सुकुम्बासी प्रकरण र पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ।
सरकारको कामकारबाहीबारे भैरहेको आलोचना र असन्तुष्टिबारे पनि उनीहरूबीच कुराकानी भएको थियो।