खेलकुद

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका मञ्जु रावत र दलबहादुर कुँवरलाई

कास्की । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सम्पन्न छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन्।

महिलातर्फ जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि हात पार्नु भयो ।  जुम्लाकी राज्यलक्ष्मी रावल दोस्रो र कल्पना बुढा तेस्रो हुन सफल हुनु भयो ।

पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवरले ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नु भयो । नेपाली सेनाका तिलकबहादुर सुनुवार दोस्रो तथा स्थानीय धावक सचिन गुरुङ तेस्रो हुनु भयो ।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा ६ विदेशी सहित ५१ धावकको सहभागिता रहेको थियो। विजेताहरूले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना गरिएको म्याराथनको उद्देश्य अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेल पर्यटनको विकास गर्नु रहेको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्