नेपाल

बिपी राजमार्ग बन्द

बनेपा । काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रवीन विष्टले रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गरिएको जानकारी दिनुभयो। उहाँले मौसममा सुधार नभएसम्म र प्रहरीले अर्को सूचना जारी नगरेसम्म राजमार्ग बन्द रहने बताउनुभयो। प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

गत वर्ष असोज दोस्रो साताको बाढीका कारण बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा ठुलो क्षति पुगेको थियो। बाढीले क्षति पुर्‍याएको उक्त सडकको पुनर्निर्माण कार्य जारी रहे पनि तत्कालका लागि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्ने र डाइभर्सन बगाउने जोखिम रहने भएकाले सुरक्षाका लागि राजमार्ग बन्द गरिँदै आइएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्