एक्सक्लुसीभ

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सुरु गरेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वबाट स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार काठमाडौँ–दुबई र शनिबार दुबई–काठमाडौँ उडान हुने छ । त्यस्तै, आइतबार काठमाडौँ–दमाम र सोही दिन दमाम–काठमाडौँ उडान हुने तय भएको छ ।

प्रवक्ता क्षेत्रीले प्रि–बुकिङ भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई यी उडानमार्फत ल्याइने बताउनुभयो । यसका साथै सम्बन्धित देशका नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि अप्रिल १ मा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले ज्यान गुमाएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.