डायस्पोरा

एनआरएनएका पूर्व अध्यक्ष शेष घले अष्ट्रेलियाको शीर्ष धनाढ्यको सूचीमा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा व्यवसायी शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन्।

सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका उनीहरु लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् ।

घले दम्पतीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरी शिक्षा र घरजग्गा व्यवसायमा संलग्न छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र गुरुङ क्रमशः १५०औं र १५१ औं स्थानमा रहेका छन् ।

घले दम्पती लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।

उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.