एक्सक्लुसीभ

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।

समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले छ हजार ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ८१८, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ४२४, श्रम संस्कृति पार्टीले एक हजार ४७६, राष्ट्रिय परिवर्तन पार्टीले ८७१, नेपाल मजदुर किसान पार्टीले २५८, नेपाल जनता संरक्षण पार्टीले १३९, प्रगतिशील लोकतान्त्रिक पार्टीले एक हजार २३६ मत पाएका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको ११० सिटका लािग दलहरुबीच प्रतिस्पर्धा छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्