खेलकुद

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो ।

१३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्