राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

बैठक आइतबारसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता डा प्रकाशशरण महते जानकारी दिनुभयो ।

गत असोज २८ गतेदेखि सुरु भएको सो बैठक यही कात्तिक १ गते स्थगित भएपछि पुनः कात्तिक १३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा)तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

गत असोज २८ गते पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै स्थगित भएको बैठक असोज ३० र ३० गते कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।

असोज ३१ गतेको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा डिला सङ्ग्रौला, डा गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाह तथा आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा ९गण्डकी०, ललितजङ्ग शाही (कर्णाली)तथा वीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस्तै असोज ३० गतेको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईँ, राजीव कोइराला, गुरु बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूका साथै आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूसमेत एक सय ६५ सदस्यले भाग लिने केन्द्रीय कार्यसमिति बैठकमा बाँकी पदाधिकारी एवम् सदस्यहरुले विभिन्न १० प्रस्तावबारे धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा जेनजी आन्दोलन र विकसित पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको १५औँ महाधिवेशनको तयारी, प्रतिनिधिसभा विघटन र सरकारद्वारा घोषित आगामी फागुन २१ गतेको निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवम् सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासनसम्बन्धी व्यवस्थालगायत विषयमा छलफल जारी रहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्