इमिग्रेशन अपडेट

अमेरिकाबाट पाँच लाखभन्दा बढी अवैध आप्रवासीहरू देश निकाला

वाशिंगटन । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले ५,२७,हजार भन्दा बढी अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको छ।

“ट्रम्प प्रशासनले ऐतिहासिक रेकर्ड तोड्ने, पहिलो वर्षको अन्त्यसम्ममा लगभग ६,००,००० अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने गतिमा छ। २० लाखभन्दा बढी अवैध आप्रवासीहरू अमेरिका छोडेका छन् जसमा १६ लाख स्वेच्छाले स्वदेश फर्किएका र ५,२७,००० भन्दा बढी देश निकाला गरिएका छन्,” सहायक सचिव ट्रिसिया म्याकलाघलिनले भनिन्।

ट्रिसिया म्याकलाघलिनले भनिन्, “यो त सुरुवात मात्र हो। अवैध आप्रवासीहरूले अहिले नै अमेरिका छोड्नुहोस् वा परिणाम भोग्नुहोस् भन्ने हाम्रो सन्देश सुनिरहेका छन्: आप्रवासीहरू अब हाम्रो सिमानामा पुग्नु अघि नै फर्किरहेका छन्। पनामाको ड्यारियन ग्यापबाट हुने आप्रवासन ९९.९९% ले घटेको छ।”

डिएचएस कानून प्रवर्तनले अमेरिकाबाट अवैध अपराधी आप्रवासीहरूलाई हटाउने अभियान अन्तर्गत हत्यारा, बलात्कारी, बाल यौन दुराचार गर्ने, लागूपदार्थ व्यापारीहरू देश निकाला गरिएको गरिएको दावी छ । आइस द्वारा गिरफ्तार गरिएका ७०% अपराधी गैरकानूनी आप्रवासीहरू रहेको र उनीहरुले अमेरिकामा गरेको अपराधका लागि दोषी ठहराइएको डिएचएसको दावी छ ।

डिएचएसका अनुसार संयुक्त राज्य अमेरिकाले अब अवैध आप्रवासीहरूलाई $१,००० र स्व-निर्वासनको लागि नि:शुल्क उडान प्रदान गरिरहेको छ । डिएचएसले भनेको छ, अमेरिकमा अवैध रूपमा रहेका प्रत्येक व्यक्तिलाई यो प्रस्तावको फाइदा उठाउन र अमेरिकी सपना बाँच्नको लागि सही, कानुनी तरिकाले अमेरिका फर्कने मौका सुरक्षित गर्न प्रोत्साहित गर्दछौं।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्