इमिग्रेशन अपडेट

होमल्याण्ड सेक्युरिटीको सूचना प्रवर्तन समन मार्फत अबैध आप्रवाशीको धरपकड सुरु

एटलान्टा । ट्रम्प प्रशासनको सामूहिक निर्वासन अभियानमा सहयोग गर्न यतिबेला अध्यागमन अधिकारीहरूले घरधनीहरूलाई आप्रवाशी बसेको स्थानको घर भाडाको आवेदन, फर्वार्डिङ ठेगाना, परिचयपत्र र भाडामा बस्दाका अन्य जानकारीहरू बुझाउन दवावमुलक अभियान सुरु गरेका छन् ।

एटलान्टा आस पासका क्षेत्रका घर जग्गा सम्बन्धि कानुन ब्याबसायी एरिक ट्युसिङ्कले दिएको जानकारी अनुसार अध्यागमन अधिकारीहरूले घर भाडामा लिनेहरूको सम्पूर्ण फाइलहरू संकलन गर्ने अभियान तिब्र बनाएका छन् । भाडा आवेदनमा कामको इतिहास, वैवाहिक स्थिति र पारिवारिक सम्बन्धको समेत जानकारी रहेको हुन्छ ।

घर जग्गा सम्बन्धि कानुन ब्याबसायी एरिक ट्युसिङ्कले दुई पृष्ठको “सूचना प्रवर्तन समन”,संचार माध्यमसंग सार्वजनिक गरेका छन् । उक्त समनमा घर भाडमा लिने अन्य व्यक्तिहरूको बारेमा पनि जानकारी माग्छ। मे १ मा मिति दिइएको सार्वजनिक भएको समनमा अमेरिकी नागरिकता र आप्रवासन सेवा सम्बन्धि नियोगका अधिकारीको हस्ताक्षर रहेको छ । यद्यपि सार्वजनिक समनमा न्यायाधीशको हस्ताक्षर छैन।

समन कति व्यापक रूपमा जारी गरिएको छ भन्ने स्पष्ट छैन । तर यसले देशमा अवैध रूपमा रहेका मानिसहरूलाई पत्ता लगाउन प्रशासनको प्रयासमा मार्ग प्रसस्त गरेको पुष्टि हुन्छ ।

समन बारे केहि कानुन ब्यबसायीहरुका अनुसार समन मार्फत व्यक्तिको विवरण माग्ने प्रयासले गम्भीर कानुनी प्रश्नहरू उठेको छ त्यसको मूख्य कारण सार्वजनिक भएका समनमा न्यायाधीशद्वारा हस्ताक्षरित छैनन् । यदि घरधनीहरूले यो समन मार्फत सम्पूर्ण विवरण उपलब्ध गराउदा उनीहरूले फेयर हाउजिङ्ग ऐन उल्लङ्घनको जोखिम लिन सक्छन् । जसका कारण जाति, रंग वा राष्ट्रिय मूलको आधारमा भेदभावलाई प्राथमिकता दिएको पुष्टि गर्दछ।

आलोचकहरू यो पनि भन्छन् कि घरधनीहरूले न्यायाधीशले आदेश नदिएको कुरा पालना गर्न डर महसुस गर्ने सम्भावना हुन्छ, जबकि जसको जानकारी मागिएको छ उसलाई कहिल्यै थाहा नहुन सक्छ कि उनीहरूको निजी रेकर्डहरू अध्यागमन अधिकारीहरूको हातमा छन्।

आईसका अधिकारीहरूले लामो समयदेखि घरहरूमा प्रवेश गर्ने प्रयास गर्न अमेरिकी नागरिकता र आप्रवासन सेवा सम्बन्धि नियोगका अधिकारीद्वारा हस्ताक्षरित समन प्रयोग गर्दै आएका छन्। तर अधिकारकर्मीहरुले ‘आफ्नो अधिकार जान्नुहोस्’ अभियान मार्फत न्यायाधीशद्वारा हस्ताक्षर नगरिएको समन अस्वीकार गर्न आग्रह गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्