राजनीति

सङ्घीय मामिला मन्त्री पदबाट गुप्ता हटे, भगवती न्यौपाने नियुक्त

काठमाडौँ । नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस मागेको अडियो काण्ड बाहिर आएपछि उहाँले मङ्गलबार नै पदबाट राजीनामा दिनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्